सगरमाथा आरोहण गर्ने पहिलो प्रहरी बने 'पुर्षाेत्तम'

काठमाडाैं | जेठ ४, २०८०

सगरमाथा आरोहण गर्ने पहिलो प्रहरी बने 'पुर्षाेत्तम'

काठमाडौं:   नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुर्षाेत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

 

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको तर्फबाट नेपालीले जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरो पुगेका हुन् ।

सो अवसरमा उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहर्याए । 

 

उनलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले २०७९ चैत ३० गते आवश्यक निर्देशन र शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए । 

 

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियानमा आधारशिविर पुगेपनि सगरमाथाको चुचुरो चुम्ने पहिलो नेपाल प्रहरी पुर्षाेत्तम नेपाली बनेका छन् ।  

 

सो आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको बताइएको छ । 
 

नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

 

यसअघि पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । 

 

२०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्